पोखरामा दोहोरी साँझ र क्लबबाट ७ जना बालिकाको उद्धार
पाेखरा | साउन ३१, २०८१
पोखरा: पोखरामा २ दोहोरी साँझ र एक क्लबाट ७ जना बालिकाको उद्धार गरिएको छ ।
रात्रीकालिन व्यवसायमा बालिकालाई काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार मंगलबार राति पोखराको चिप्लेढुङ्गास्थित गाउँ शहर दोहारी साँझबाट २ जना, साईनो साँझबाट २ जना र पोखरा–९ स्थित क्लब डी बाट ३ जना बालिकाका उद्धार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपालबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिकाभित्र सञ्चालित रात्रीकालिन व्यवसायमा अनुगमन गर्दा काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरेको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

